Ecology

This garden showcases Nepalese plants arranged in three ecological zones from the high, frozen alpine regions, down through the temperate Midhills to the hot, tropical Tarai. With decreasing altitude comes a rise in temperature - the most significant factor in determining what plants grow where. However, patterns of vegetation are complex and blurred, as rainfall, aspect and local climate also play a part.

The Himalayas are a young mountain range. They were formed less than 50 million years ago when the Indian landmass began colliding with Eurasia, crumpling the land and pushing up the mountains. However, geological evidence for their age is contradictory, and studies on plant distributions indicate that they only reached alpine elevations within the last 10 million years.

हिमाली प्रदेश / Alpine Zone

ठूला रुखहरु उम्रन र बाँच्न नसक्ने धेरै उचाईका क्षेत्रहरुमा हुने रुखो र कठोर वातावरणीय परिस्थिति मानिस र वनस्पति दुवैको लागि चुनौती पूर्ण हुन्छ। यी क्षेत्रमा पाइने वनस्पतिहरु थोरै माटोमा उम्रने सक्ने र कडा घाम, निकै चिसो हावा र तापक्रममा बाँच्न सक्ने गरि उत्पत्ति भएका हुन्छन्। यस्ता फूल फूल्ने केहि वनस्पतिहरु ६१०० मी. सम्मको उचाईमा पाइन्छन्।

४००० मी. भन्दा माथिको उचाईमा वन जंगलहरु पाइदैनन् र यी क्षेत्रका जमिनहरु छोटा बुट्यान र घाँसहरुले ढाकेको हुन्छन। घुंडा घुंडासम्मका अग्ला गुराँसका विभिन्न प्रजातिहरु (जस्तै: सुनपाते, भाले सुनपाते, झुसे सुनपाते) ले यी क्षेत्रका धेरै ठाउँहरु ढाकेका हुन्छन् र यिनीहरुमा पाइने विशेष रसायनले यिनीहरुलाई कठोर वातावरणीय परिस्थितिसंग जुध्ने शक्ति दिएको हुन्छ। यी रसायनहरु धेरै उचाईमा पाइने वनस्पतिहरुमा हुने औषधीय गुणसंग धेरैजसो सम्बन्धित भएका हुन्छन्।

यी क्षेत्रमा उच्च मात्रमा हुने परावैजनी विकिरण (UV light) निकै खतरनाक हुन्छ। पद यात्रीहरु यसबाट बच्न चश्मा, टोपी र सनक्रिम लगाउछन् भने यी क्षेत्रका वनस्पतिहरु बाक्लो बोक्रा र घना झुसले ढाकिएका हुन्छन्। केहि यस्ता वनस्पतिहरु धेरै चिसो हावासंग जुध्न कहिलेकाहीं निकै साना र खाँदिएर जमिन वा ढुंगाहरु मुनि उम्रेका हुन्छन्। मलिलो माटोको अभावले पनि यी बिरुवाहरु साना हुन्छन र चरण क्षेत्रका केहि अग्ला वनस्पतिहरुलाई चौंरी गाईहरुले खाई साना बनाई दिन्छन्।

नेपालमा मात्रै पाइने धेरै रैथाने वनस्पतिहरु यी क्षेत्रहरुमा पाइन्छन् र धेरैजसो यिनीहरु एउटा सानो ठाउँबाट मात्र भेटिएको रिपोर्ट गरिएको छ। यस्ता बिरुवाहरुको प्राकृतिक वासस्थान निकै सानो भएकोले जलवायु परिवर्तनको असरको चपेटामा पर्ने खतरा बढ्दो छ।

Above the tree line the harsh mountain environment presents extreme challenges to plants and people. Plants have evolved ingenious ways to grow in the thin soils, and protect themselves from the intense sun, ice-cold winds and freezing temperatures. The toughest flowering plants can grow up to 6100m altitude – more than 2000m above the highest village.

Forests finish at around 4000m and above the land is covered by dwarf shrubs and alpine pastures. Knee-high aromatic Rhododendrons (R. anthopogon, R. lepidotum, and R. setosum) dominate large areas above the tree line and have chemical adaptations to protect them from temperature extremes. Many high-altitude plants yield potent medicines, and their medicinal properties are often linked to these chemical adaptations.

The high level of UV radiation in the thin air is very damaging. Trekkers wear sunglasses, hats and sun cream, whereas plants cover themselves with reflective woolly hairs and thickened skin. These adaptations also help keep out the freezing winds which reduce some plants to low cushions pressed tightly to the ground or sheltering beside rocks. Plants are also stunted by the lack of nutrients and in the fertile soils of alpine pastures grazing by yaks keeps them short.

Most of Nepal’s endemic plants are from alpine areas, and often they are only known from one valley or mountain. These species are likely to be particularly sensitive to the effects of climate change because their vulnerable populations are so small.


Mountain valley, far-west Nepal
Woolly-leaved Saussurea gossypiphora
Herb-rich alpine meadow, west Nepal
Dwarf Rhododendrons, Makalu

समशीतोष्ण प्रदेश / Temperate zone

समशीतोष्ण प्रदेश न्यानो मध्य पहाडी क्षेत्र हो जहाँ आकर्षक वन जंगल, उर्वर भूमि र मध्यमखालको जलवायुले मानिसहरुलाई बस्नको लागि उपयुक्त ठाउँ बनाएको छ। नेपालको राजधानी काठमाण्डौं पनि यसै क्षेत्रमा अवस्थित छ। यस क्षेत्रमा नेपालमा पाइने कूल जंगल क्षेत्रको करीब ३० % भन्दा बढी जंगल पाइन्छ र वनस्पतिहरुको सबैभन्दा धेरै प्रजातिहरु पनि यसै क्षेत्रमा पाइन्छ।

करीब ३००० मी. को उचाईमा कोणधारी र पतझड वर्गमा पर्ने रुखहरु पाइन्छन्। महाभारत लेखमा ठूला पात भएका र केहि सदाबहार वनस्पतिहरु खासगरी खस्रु, काउलो, खपटे, खराने जस्ता रुखहरु भएको घना जंगल पाइन्छ। यी चिसा र ओसिला जंगलहरुमा रुखको हाँगा र काण्डहरुमा झ्याउ, उन्यु र सुनाखरीहरु जस्ता वनस्पतिहरुले ढाकेका हुन्छन्। नेपालको मध्य पहाडी क्षेत्रका उर्वर भूमि बढ्दो जनसंख्याको चापमा परेको छ। कैयौं ठाउँहरुमा भिराला पाखाहरुमा पनि स—साना कान्ला बनाई धान, मकै, गहुँ, तोरी जस्ता बालीको खेति गरिन्छ। खेति नहुने ठाउँहरुमा जंगलहरु पाइन्छन् जसलाई समुदायले घाँस, दाउरा, काठ, जडिबुटी, आदिको लागि प्रयोग गर्दछन्।

मानिसहरु बाँच्नको लागि वरिपरीको वातावरण, कृषि र जंगल बीचको अन्तर सम्बन्ध अपरिहार्य हुन्छ। बढ्दो जनसंख्याको चापले अहिले यो सम्बन्ध खलबलाउने स्थिति उत्पत्ति भएको छ। बढ्दो आधुनिकीकरण र विकास निर्माणको कार्यले प्राकृतिक स्रोतहरू माथिको चाप बढ्दो छ र काठ र जडिबुटीको अवैध तस्करीले कैयौं वनस्पतिहरु संकटमा पर्न सक्ने स्थिति उत्पन्न भएको छ।जलवायु परिवर्तनको असर र रैथाने वनस्पतिहरुको प्राकृतिक वासस्थान विनासले यी क्षेत्रहरुमा वन फांडा (Lantana camara) जस्ता मिचाहा वनस्पतिहरु पनि फैलिदै गएका छन्।

It is no accident that Kathmandu was founded in the warm temperate Midhills, where the luxuriant vegetation, fertile soils and moderate climate make ideal living conditions. Over 30% of Nepal’s forests are found in this temperate zone, and this is also where greatest numbers of plant species grow.

Below about 3000m conifers and deciduous trees of the upper cool temperate regions give way to dense laurel forests with oaks and other broadleaved, evergreen trees typical of the Mahabharat Lekh. The trees of these humid woodlands have trunks and branches clothed in epiphytic ferns, mosses and orchids. The fertile land is under intense population pressure. Even steep slopes are cultivated, with narrow terraced fields extending high up hillsides growing rice, maize, wheat and mustard. Forests are restricted to land unsuitable for cultivation, and are cared for by local communities who manage the cutting of leafy branches for fodder or felling of trees for fuel and timber. This maintains forests as living resources, providing medicinal herbs and other Non-Timber Forest Products.

The mosaic of settlements, agriculture and forests has sustained people for centuries. However, Nepal’s population is growing and so too are threats to the environment. Improved infrastructure encourages greater exploitation of natural resources, with illegal logging and unsustainable harvesting of NTFPs seriously depleting habitats. Invasive alien plants, such as Lantana camara, also thrive in these conditions and their spread is further encouraged by climate change.


Cool temperate conifers, Manaslu
Lower reaches of Budhi Gandaki river
Paddy rice terraces, near Kathmandu
Epiphyte-rich Abies and Taxus forest

उष्ण प्रदेश / Tropical zone

कुनै समयमा मलेरियाको प्रकोपले नगण्य मानिसहरु बस्ने तराई क्षेत्रका भू-भागमा अहिले धेरै परिवर्तन आएको छ। अहिले नेपालमा उत्पादन हुने ७५% भन्दा बढी धान यहीँ उत्पादन हुन्छ र नेपालको जनसंख्याको आधा भन्दा बढी मानिसहरु तराई क्षेत्रमा बस्दछन्। गैंडा र बाघको वासस्थान भएका यहाँका जंगलहरु अहिले मिचाहा वनस्पतिको प्रकोपमा परेका छन्। यी खतरनाक मिचाहा वनस्पति जलवायु परिवर्तनको असरले नयाँ ठाउँहरुमा फैलिने क्रम जारी छ।

उपोष्ण प्रदेशीय जंगलहरु शिवालिक र चुरे क्षेत्रहरुमा पाइन्छन् जस्तै: रानी सल्लाको जंगल जुन सुक्खा र रुखो ठाउँहरुमा पाइन्छ। चुरे क्षेत्रका जंगलहरु वन फडानीले गर्दा धेरै मासिदै गएका छन्। तसर्थ अहिले जैविक विविधताको अध्ययन, अनुसन्धान र संरक्षणका कार्यक्रमहरु यो क्षेत्रको लागि अघि ल्याइएको छ। करीब १००० मी. भन्दा तल उष्ण प्रदेशीय जंगलहरु पाउन शुरु हुन्छ।

पहिले सालको जंगल तराईमा धेरै ठाउँहरुमा फैलिएको थियो। सालको अग्ला सिधा रुखका काठहरु धेरै बलिया हुन्छन् र घर भवन निर्माणमा व्यापक प्रयोग हुन्छ। भन्ने गरिन्छ काष्ठमण्डप एउटा मात्र सालको रुखबाट बनाईएको थियो। सालको पात चाडपर्व र अन्य कार्यक्रम (विवाह, पिकनिक) को लागि दुना र टपरी खुट्न व्यापक प्रयोग हुन्छ।

तराई क्षेत्रका सिमसार र अग्ला घाँसहरु नेपालका पाइने विभिन्न वनस्पति र जनावरहरुको वासस्थान हो। हिउँदमा थारु समुदाय यी अग्ला घाँसहरु घर छाउन, गाईवस्तुको घाँस र सोतरको लागि काट्ने गर्दछन्।

जलवायु परिवर्तनले गर्दा मिचाहा वनस्पतिहरुको फैलिने क्रम बढ्दो छ। जस्तै: माइकेनियाले रुखहरु ढाक्दै गई राखेको छ, सिमसार क्षेत्रमा जलकुम्भीले पानी सुकाउंदै छ, सेतो बनमारा जंगल र खेतबारीको छेउछाउ फैलिदै गैराखेको छ। यिनीहरुलाई पूर्णरुपमा नियन्त्रण गर्न गार्हो भएता पनि बायो ब्रिकेट बनाउन, गोबर ग्यास आदिमा प्रयोग गर्न सकिन्छ।

Once scarcely inhabited because of its malaria-infested forests, the Tarai has seen dramatic changes in land use. It now produces 75% of Nepal’s rice and is home to more than half of Nepal’s population. Rhinos and tigers live in the remaining forests, but these are now being damaged by invasive alien weeds which encroach into new areas as the climate changes.

Subtropical forests cover the Siwalik and Churia ranges, with Chir pine (Pinus roxburghii) well adapted to the dry, nutrient poor soils. The Churia has suffered greatly from deforestation, and is now the focus for biodiversity research supporting conservation. At 1000m the tropical vegetation of the Tarai begins. Sal (Shorea robusta) forests used to extend across vast areas of the Tarai. The tall, straight trunks of hard, durable wood make excellent building materials (we use it for our panel posts). Legend says that Kasthamandap was made from just one Sal tree. Sal leaves are widely used to make plates and bowls for festivals and bio-degradable picnic dishes. The wetlands and tall grasslands of the Tarai are important habitats for plant and animal biodiversity in Nepal. In winter the Tharu people cut the tall grasses for thatching, bedding and fodder, and then burn to promote vigorous regrowth.

Invasive, alien plants are becoming more widespread due to climate change. The ‘mile-a- minute’ vine (Mikania micrantha) smothers trees, water hyacinth (Eichhornia crassipes) clogs waterways, and ban mara (Chromolaena odorata) wrecks forests and farmland. They are difficult to control, but they can be made into bio-briquettes, biochar and biogas.


Pinus woodland in the Siwalik hills
Tall grassland and riverine forest
One-horned rhinoceros, Bardia reserve
Tarai wetlands, central Nepal
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort