सुनगाभा Sungava, Pineapple orchid

Dendrobium densiflorum

समशीतोष्ण प्रदेश /
Temperate Zone

Altitude:
900 - 2900m

ORCHIDACEAE

icon 1

नेपाल सुनगाभा वा सुनाखरीको लागि धनी देश हो। नेपालमा पाइने ४५१ प्रजातिका सुनाखरीहरु मध्ये डेन्ड्रोबियम जातिका मात्र ३९ प्रजातिहरु पाइन्छ। एकदमै आकर्षक मानिने यो प्रजाति (डेनड्रोबियम डेन्सीफ्लोरम) मध्यपहाडी क्षेत्रमा रुखको ओसिलो काण्ड र हाँगाहरु र झ्याउ भएको चिसो ओसिलो ढुंगामा उम्रने गर्दछ। पहिले पहिले यो बिरुवा काठमाण्डौं उपत्यकामा प्रशस्त पाइन्थ्यो तर आजभोली यो बंगैंचा वा उद्यानहरुमा मात्र देखिन थालेको छ।

Nepal is rich in orchids, including 39 species of Dendrobium. Considered the most spectacular, Dendrobium densiflorum grows as an epiphyte on trees and moss-covered rocks in wet forests. It was once a common wild plant in the Kathmandu valley, but now more often seen in gardens.

यसको वैज्ञानिक नाम डेनड्रोबियम डेन्सीफ्लोरमको अर्थ घना रुपले झुप्प परेर फुलेको हुन्छ र कहिले काँही झुप्पा परेर फुलेका फूलहरु भुईकटहर जस्तै देखिने भएकोले यसको अंग्रेजी नाम  पाइनएप्पल अर्किड (भुईकटहर सुनगाभा) रखिएको हो।

यो जातका धेरै प्रजातिहरुको फेदको गानोको गुदी चिनिया र आयुर्वेदिक औषधि पद्धतीमा व्यापक रुपले प्रयोग गरिन्छ। नेपालमा यसको फेदको गानोको गुदी घाऊ खटिरामा र बिबिरा (पीमपल्स) को उपचार गर्न प्रयोग गरिन्छ।

नेपालमा पाइने अधिकांश सुनगाभाहरु बंगैचामा रोप्न र औषधिको लागि अति संकलन र बासस्थान बिनाशको कारणले लोप हुने खतरामा छन्। सबै सुनगाभाहरु सङ्कटापन्न जीव तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार सम्बन्धि अभिसन्धी (साइटिस) ले अनुसूची –२ मा सूचीकृत गरेको हुँदा नेपाल सरकारको अनुमति विना यसको ओसार-पसारमा बन्देज छ।

The scientific name, Dendrobium densiflorum, refers to the crowded, densely-packed spikes of flowers and their resemblance to a pineapple, gives it its English name – Pineapple orchid.

Pulp of the thickened stems of many Dendrobium species is widely used in Chinese and Ayurvedic medicine. In Nepal Dendrobium densiflorum is used to treat boils and pimples.

Most Nepalese orchids are under threat due to over-collection from the wild for horticultural and medicinal trade, and the loss of their moist forest habitats. All orchids are listed in CITES (Convention on International Trade in Endangered Species of Wild Fauna and Flora) so international trade is tightly controlled. Export from Nepal is banned without permission by the Government.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
D.densiflorum with its spectacular flowers ©B.B. Raskoti
Abies Spectabilis
Flowers of D. densiflorum ©B.B. Raskoti
Flowering plant of D.densiflorum ©B. Pant
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort