जमानेमान्द्रो Jamane mandro

Mahonia napaulensis

समशीतोष्ण प्रदेश /
Temperate Zone

Altitude:
1220 - 1900m

BERBERIDACEAE

icon 1

जमानेमान्द्रो हाम्रो वरिपरीका जंगलहरुमा सजिलै देखिने बिरुवा भएता पनि यो प्रजाति काठमाण्डौंको रैथाने बिरुवा हो र प्राकृतिक रुपमा विश्वको कुनै पनि ठाउँमा पाइदैन। यो हिउँदमा फुल्ने आकर्षक, काँडेदार सदाबहार वनस्पति बगैंचाहरुको लागि लोकप्रिय हुनुको साथै अन्य प्रयोजनका लागि पनि प्रयोग हुन्छ।

Although a familiar sight in nearby forests, Mahonia napaulensis is endemic to the area around the Kathmandu valley – that means it is found nowhere else on Earth. This majestic, winter-owering, evergreen shrub with spiky leaves is a popular garden plant, but has many other uses.

केहि वनस्पतिशास्त्रीहरु यो प्रजाति र शरद ऋतुमा फुल्ने केशरी (Mahonia acanthifolia) एउटै प्रजाति हो भन्ने गर्दछन् तर फ्लोरा अफ नेपाल प्रोजेक्ट अन्तर्गत हालसालै गरिएको अध्ययनले केशरी र जमानेमान्द्रो दुई भिन्न प्रजाति हो भने पुष्टि गरेको छ। झट्ट हेर्दा उस्तै देखिएता पनि केशरीमा एउटा पातको डाँक्लामा ९ जोडी स-साना पातहरु हुन्छन् भने जमानेमान्द्रोमा थोरै (धेरैजसो ६ जोडी सम्म) पातहरु हुन्छन। जमानेमान्द्रो कम उचाई भएको ठाउंहरुमा पाइन्छ भने केशरी २३०० मी. भन्दा माथिको उचाईमा पाइन्छ।

चुत्रो र जमानेमान्द्रो नजिकैका जातिहरु हुन् र यिनीहरुको धेरै विशेषता र गुणहरु समान छन्। खासगरी यी दुवै जातिमा पर्ने प्रजातिहरुको फूलहरु उस्तै हुन्छन्। जमानेमान्द्रोको रसिलो फलमा पर्याप्त मात्रमा भिटामिन सी पाइन्छ र यो काँचै वा सुकाएर खाने गरिन्छ। यसको बोक्रा आँखा र मृगौलाको उपचारमा प्रयोग हुन्छ। यसको बोक्राको भित्रि भाग गाढा पहेंलो रंगको हुन्छ र यसको जरा र बोक्राबाट पहेंलो रंग पनि निकाल्ने गरिन्छ।

Until recently taxonomists have considered this the same as the autumn-flowering Mahonia acanthifolia (Kesari), but research by the Flora of Nepal project (www. floraofnepal.org) has confirmed the distinction indicated by the different the local names. Although similar in appearance, Mahonia napaulensis has fewer pairs of leaflets (usually up to 6) and occurs at lower altitude - M. acanthifolia has more than 9 pairs of leaflets and is found above 2300m.

Mahonia is closely related to Berberis, and they share many characteristics and properties, especially the flowers which are almost identical. The juicy ripe fruit is an excellent source of vitamin C and is eaten fresh or dried.

An extract from the bark can be used to treat eye and kidney disorders. The inner bark is bright yellow, and a yellow dye can be obtained from the stem, roots and leaves.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
Mahonia growing in the Kathmandu valley where it is endemic
Abies Spectabilis
Mahonia inflorescence
Mahonia flowers
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort