मिठो नीम Mitho nim, Curry leaf tree

Murraya koenigii

उष्ण प्रदेश /
Tropical Zone

Altitude:
150 - 1450m

RUTACEAE

मिठो नीमको वासनादार पात नेपाल र भारतमा विभिन्न व्यंजनको स्वाद बढाउन प्रयोग गरिन्छ। यो बाटोहरु खनि सकेपछि हुने भू-क्षय रोक्न र मौरी पालनको लागि पनि महत्वपूर्ण बिरुवा मानिन्छ।

The Curry leaf tree is widely used as flavouring in Indian and Nepalese cuisine, as its leaves have an aromatic, curry-like scent when crushed. However, it is also useful when building roads and bees search it out when making honey.

यसको पात तरकारीहरुमा प्रयोग गर्नको लागि प्रख्यात हुनुको साथै साबुन, अत्तर र अन्य सौन्दर्य सामग्रीमा पनि प्रयोग हुन्छ। यसमा औषधिजन्य गुणहरु पनि हुन्छन्। आयुर्वेदिक चिकित्सा पद्धतीमा यो झाडापखाला, अपच, सुनिएको र मृगौला सम्बन्धि रोगहरुमा प्रयोग गरिन्छ। यो मधुमेह रोगमा पनि लाभदायक हुने विश्वास गरिन्छ। यसको जरा शक्तिबर्द्धक हुन्छ र बोक्रा पिसेर बनाइएको पेस्ट किराले टोकेको ठाउँमा लगाइन्छ।

यो बिउ र हाँगाको टुक्रा (कटिंग) बाट सजिलै उमार्न सकिने भएकोले यसलाई खेतबारीको छेउछाउमा रोप्ने पनि गरिन्छ। यसको जराहरु सजिलै फैलिइ माटोलाई समाउने भएकोले बाटो खाने पछि हुने भिरालो नाङ्गो पाखाहरुमा भू-क्षय रोक्न प्रयोग गरिन्छ।

यो मौरीपालकहरुले सजिलै चिन्ने बिरुवा हो किनभने मौरीहरुले यसको फूलको रस चुस्न मन पराँउछन्। मौरीपालन स्थानीय समुदायको आयस्रोतको राम्रो माध्यम हो र अहिले महको शुद्धता र मौरीहरूले रस चुस्ने विभिन्न प्रकारका बिरुवाहरु प्रति जन चासो बढ्दै गइ राखेको छ।   

The neem-like leaves are highly valued for cooking and also for air fresheners, soap, body lotions and other beauty products. They have medicinal properties and, along with bark and roots, are known in Ayurveda for the treatment of diarrhoea, dysentery, indigestion, inflammation, renal diseases, and thought to be anti-diabetic. The roots are a stimulant, and a paste of the bark helps relieve bites by insects and other animals.

Murraya koenigii is easily grown from fresh seeds or cuttings, and so is often cultivated. It is fast growing and has a fibrous root system that is good for binding soil, and so it is useful in stabilising slopes exposed during road construction.

This shrub is familiar to bee-keepers as the fragrant flowers are a favourite nectar source for bees. Honey has become a valuable income source for local communities, and there is growing awareness of the link between biodiversity and high-quality honey.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
Fruiting plant of Murraya koenigii
Abies Spectabilis
The flower are a favourite nectar source for bees © S. Subedi
The leaves are sold internationally to flavour curries
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort