गोब्रे सल्ला Gobre salla, Himalayan blue pine

Pinus wallichiana

समशीतोष्ण प्रदेश /
Temperate Zone

Altitude:
1300 - 4100m

PINACEAE

icon 1

तपाईंहरुले गोब्रे सल्ला वा अंग्रेजीमा हिमालयन ब्लु पाइन भनेर चिनिने यो विरुवा पार्क वा उद्यानमा देखेको हुनु पर्दछ । सुन्दर वोक्रा र लामो भुँई तिर फर्केको पातले गर्दा यो वनस्पति उद्यानहरुको लागि आकर्षक रुख मानिन्छ । यसको काठ घर निर्माण कार्य र सिकर्मीहरुले विभिन्न वस्तुहरु वनाउन प्रयोग हुन्छ ।

You may have seen Pinus wallichiana or Himalayan blue pine growing in parks or gardens as its beautiful bark and long, drooping needles make it an impressive ornamental tree. However, its wood is also widely used in construction and carpentry.

गोब्रे सल्ला प्राकृतिक रुपमा समशीतोष्ण जंगलहरुमा पाइने गर्दछ। यो वनस्पति वर्षा कम हुने ठाँउहरुमा उम्रिने गर्दछ र प्रायजसो सल्लाको अर्को प्रजाती रानी सल्लाभन्दा केहो बढी उचाईमा पाइन्छ। झट्ट हेर्दा उस्तै देखिने यी दुवै सल्ला यसमा भएका सियो जस्ता पातहरुको संख्या हेरि छुट्याउन सक्नुहुन्छ। जस्तो कि गोब्रे सल्लामा एक ठाँउबाट पाँच वटा सियो जस्ता पातहरु निस्केका हुन्छन् भने रानी सल्लामा तीन वटा मात्रै।

व्यापारीक रुपमा काठको लागि प्रयोग हुने यो वनस्पति तारपिनको तेल र अलकत्राको पनि स्रोत हो। यसको खोटोमा टरपिन नामको रासायनिक पदार्थ पाइन्छ जुन वर्षातको पानीले पखाल्दा जमिनमा गई अन्य विरुवाहरुलाई उम्रन दिदैंन।

कर्णाली अञ्चलमा यसको खोटो भाँचिएका हड्डीहरु जोड्नका लागि प्रयोग गरिन्छ भने मध्य नेपालमा दुखेको सञ्चो गराउन एण्टीसेप्टीक र वामको रुपमा प्रयोग गरिन्छ। यसको खोटो र स–साना काठका टुक्रा धुपको रुपमा प्रयोग गरिन्छ।

In the wild, Pinus wallichiana grows in temperate forests in regions with lower rainfall. It is usually found at higher altitudes than its relative, the Chir pine (Pinus roxburghii). Where they grow together, you can easily tell them apart as the Himalayan blue pine has bundles of five needle-like leaves, whereas the Chir pine has leaves in bundles of three.

As well as its commercial timber use, it is also a source of turpentine and tar. Its sap is rich in chemicals called terpenes which, when washed from its needles by rain, can prevent nearby seeds from germinating.

In the Karnali zone the resin is used to make casts to stabilise broken bones, and in Central Nepal it is used as an antiseptic and to relieve pain. Both the resin and fragrant wood are burned as incense.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
Pinus wallichiana growing in Solukhumbu district
Abies Spectabilis
A stack of pine needles collected for animal bedding
Tapping Pinus wallichiana for resin and terpentine in Makwanpur district
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort